सुभकामना साकोसको शुभकामना ई-टेलर सञ्चालन शुरु

आफ्नै भवनबाट भक्तपुरको सुर्यविनायकमा मुख्य कार्यालय र नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई प्रविधियुक्त सेवाहरु विस्तार गर्दै जाने योजना अनुसार शुभकामना ई-टेलर सेवा सञ्चालनमा ल्याएको छ । सो संस्थाको अर्ध-वार्षिक गोष्ठिको अवसरमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । त्यस सेवाको यही फागुन १५ गते सोही संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले शुभारम्भ गर्नुभयो । त्यस अवसरमा अध्यक्ष कासुलाले यस चुनौतिपूर्ण बर्तमान समयमा यस संस्थाको लक्ष्य हासिल गर्न सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति, बिभिन्न उप-समिति तथा कर्मचारीहरुको सामूहिक प्रयासले मात्र सम्भव हुने भएकोले सहकारी ऐन, नियम र सिद्धान्तको आधारमा अगाडि बढ्नु पर्ने बताउनुभयो ।
हाल ८,२०० शेेेयरय सदस्यहरु मार्फत रु.१ अर्ब २० करोड कारोवार रहेको त्यस संस्थाको अर्ध-बार्षिक समीक्षा गोष्ठीमा उक्त संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र कार्ययोजना मध्ये सम्पन्न कार्यक्रम तथा गर्न बाकी कार्यको बिषयमा समीक्षात्मक प्रस्तुती गर्नुभयो भने कोषाध्यक्ष बलराम श्रेष्ठले संस्थाको आर्थिक बिवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नवगठित उप-समितिका पदाधिकारीहरुलाई परिचय साथ स्वागत गरिएको सो कार्यक्रममा सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालले संस्थाको शुभकामना स्माट बैकिङ्ग सेवामा ई–टेलर सेवा थप गरिएको र यो सेवा प्रयोग गर्न संस्थाले नि:शुल्क शुभकामना स्मार्ट बैकिङ्ग सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै शुभकामना ई–टेलर अत्यन्तै सजिलो, छिटो र सुरक्षित रहनुका साथै यसले चेक काट्ने झन्झटलाई अन्त्य गरिदिएकोले शुभकामना स्मार्ट बैकिङ्ग सेवा अधिकतम प्रयोग गर्न शेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
भक्तपुर जिल्ला कार्यक्षेत्र भई सदस्यहरुलाई बित्तीय सेवा प्रदान गर्ने उद्देश्यले २०५७ सालमा स्थापित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. तत्कालीन डिभिजन सहकारी कार्यालय , भक्तपुरवाट उत्कृष्ट सहकारी संस्था सम्मान- २०६५ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट बागमती प्रदेशको उत्कृष्ट सहकारी -२०७४ बाट सम्मानित हुनुका साथै यसले एशियाली ऋण महासंघ (अक्कू) बाट एक्सेस सिल्भर ब्राण्ड , २०१६ र २०१७ प्राप्त गर्न सफल भएको थियो ।