स्वास्थ्य शिवीर आयोजना गरी ज्योति मिर्मिरे सामुहिक साकोस , पनौतीले मनायो ८औँ एकीकरण उत्सव

0 Shares

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- ६ ,नमोबुद्ध रोडमा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज बृहत नि:शुल्क स्वास्थ्य शिवीर आयोजना गरीी आफ्नो ८औं एकीकरण उत्सव मनाएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिवीरमा ४०० जनाको रगत परीक्षण, प्रेसर , सुगर, युरिक एसिड, आँखाको जाँच , भिडियो एक्सरे, गाइनो , इसीजी लगायतको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको थियो भने त्यहाँ स्वास्थ्य परीक्षण गर्न आएका मध्ये थप उपचार गर्नु पर्ने अवस्थाका विरामीका लागि काठमाडौं मेडिकल कलेजमा हुने उपचारमालाग्ने खर्चमा आधा छुटको व्यवस्था सो संस्थाले गरेको त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको भनाई छ ।

त्यस संस्थाले आफ्नो एकीकरण उत्सवको अवसरमा रक्तदान कार्यक्रम , स्वास्थ्य परीक्षण, सरसफाई , ७० वर्ष माथिको उमेरका जेष्ठ शेयर सदस्यलाई सम्मान , संस्थामा उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने शेयर सदस्यलाई सम्मान गर्ने लगायतका रचनात्मक कार्य गर्दै आएको छ ।

८ वर्ष अगाडि काभ्रैपलाञ्चोकको पनौतीमा रहेका ज्योति मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि. सामुहिक महिला बचत तथा ऋण सहकारी संस्था लि.र जागृति नमुना बचत तथा ऋण सहकारी संस्था लि.वीच एकीकरण भई ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. बनी नेपालमा सहकारी एकीकरणको आरम्भ गरेको सो संस्थाका अध्यक्ष उद्धव सापकोटाको आध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतित्थ्यतामा सम्पन्न सोही कार्यक्रममा त्यसै संस्थाका ५५ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।  त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष पौड्यालले ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.ले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । उहाँले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवाको गुणस्तर बृद्धिमा ध्यान दिनु पर्ने खाँचो औंल्याउनुभयो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका , धुलिखेल नगरपालिका , मणडनदेउपुर नगरपालिका , पाँचखाल नगरपालिका र  बेथानचोक गाउँपालिकामा कार्यक्षेत्र रहेको सो संस्थाले आफ्नो ७औँ एकीकरण उत्सवको अवसरमा गत वर्ष काभ्रेपलाञ्चोकको संस्थाले बल्थलीमा रहेको जन्म ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. सँग एकीकरण गरेको थियो ।

‘दिगो र उत्कृष्ट वित्तीय सहकारी संस्था’को परिकल्पना गरेर समुदायमा आधारित भई सञ्चालन भइरहेको उक्त संस्थामा २०७७ माघ मसान्तसम्म शेयर सदस्य संख्या ११ हजार ५ , बचतकर्ता ९ सय ७० र पूँजी संकलन रु.९० करोड रहेको र यसले आफ्नो सेवालाई अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउने धेयका साथ आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै पूर्ण व्यवसायिक तथा व्यवस्थित ढंगबाट संस्थाको कारोवार सञ्चालन गरेको जनाइएको छ ।

Leave a Reply