सुन्दर हरैचा-१, मोरङमा पराग कृषि सहकारी

0 Shares

मोरङको सुन्दर हरैचा नगरपालिका-१, हरैचा बजारमा रहेको पराग कृषि सहकारी संस्था लि.ले शेयर सदस्य , शेयरपूूँँजी र कारोवार बृद्धि तथा आफ्ना शेयर सदस्यहरुलाई राज्यका विभिन्न निकायसँग समन्वय गरी कृषि सम्बन्धी सेवा प्रवाह गरेर आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्य गरिरहेको जनाएको छ । संस्थाको हालै सम्पन्न विशेष साधारणसभाबाटकेशवकुमार काफ्लेको अध्यक्षतामा चयन भएको नयाँ सञ्चालक समितिले संस्थाबाट आफ्ना शेयर सदस्यहरुलाई विप्रेषण लगायतका सेवा प्रवाह गर्ने गरी कार्य अगाडि बढाएको बताइएको छ । सोही संस्थाका अध्यक्ष काफ्लेले यस संस्थाको कार्यक्षेत्र विस्तारको लागि राज्यको सम्बन्धित नियामक निकाय समक्ष पहल भइरहेको सोही संस्थाका अध्यक्ष काफ्लेको भनाइ छ ।

हाल उक्त संस्थामा केशवकुमार काफ्ले -अध्यक्ष , सागर सिंह चौधरु- उपाध्यक्ष , सरोज भट्टराई- सचिव र पूर्णकुमार श्रेष्ठ-कोषाध्यक्ष तथा श्याम माझी , अरुण कार्की , ज्ञानु श्रेष्ठ , सुजन तिम्सिना र विनोद लाल चौधरी- सदस्य रहेको सञ्चालक समिति र राजिव खवास- संयोजक तथा ज्ञाननाथ भट्टराई र सुवास कार्की- सदस्य रहेको लेखा सुपरीवेक्षण समिति कार्यरत छ ।

Leave a Reply